Sajhamanch Archive

‘भारतीय मिडियाको छटपटी र चिच्याहटले नेपालको दाबीलाई बलियो बनाउँछ’

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले भारतीय मिडियाको छटपटी र चिच्याहटले नेपाली पक्षकै दाबीलाई बलियो बनाउने तर्क गरेका छन् ।

नेपालले लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेपछि भारतीय मिडियाले अफवाह सुरु गरेका छन् । नेपाल चीनको उक्साहटका लागेको भन्दै अभिनेत्री मनिषा कोइरालासमेतलाई अपमान गर्न थाले पछि पोखरेलको यस्तो प्रतिक्रिया आएको हो ।

“भारतीय मिडियामा भारतीय पक्षको जुनप्रकारको छटपटी देखिन्छ त्यसले नेपालको दाबीलाई नै बलियो देखाउँछ । यदि नेपालको दाबी कमजोर र आधारहीन भएको भए भारतीय मिडिया यति निम्न स्तरको बहसमा उत्रनुपर्ने थिएन,” उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिएका छन् ।

पोखरेलले नेपाललाई चिनले उचालेको भन्ने भारतीय दाबीलाई कुतर्कको संज्ञा दिएका छन् ।

“भारतले त चीनलाई सडक बनाउन सहमत गराएकै थियो नि ! तर नेपालको विरोधको आधार भएर नै उसले नेपाल र भारतले द्विपक्षीय वार्तावाट समस्या समाधान गर्न भन्नु परेको हो,” उनको जवाफ छ ।

भारतीय मिडियाले नेपाल पक्षको दाबीको आधार र तर्क राखेर बहस गर्ने आँट नगर्नुको कारण पनि नेपालको पक्ष बलियो भएर भएको उनको ठहर छ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *