Sajhamanch Archive

पक्राउ परिने डरले एक मेयरले गरे मरेको अभिनय

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

एजेन्सी । पेरुको एक सानो शहरका मेयरले लकडाउनको नियम तोड्दै साथीभाइसँग मदिरा सेवन गरेको पाइएपछि प्रहरीलाई झुक्याउन मरेको अभिनय गरेका छन् ।

जेमी रोलान्दो अर्बिना टोरेसलाई खुला कफिनमा फेस मास्क लगाएर सुतेको अवस्थामा प्रहरीले फेला पारेको हो । घटना तान्तारा शहरमा सोमवार राति भएको हो ।

प्रहरीका अनुसार, उनले निषेधाज्ञा र सामाजिक दूरी अपनाउनुपर्ने नियम तोड्दै साथीहरूसँग बसेर मदिरा सेवन गरेका थिए र पक्राउ पर्दा टिल्ल थिए ।

टोरेसले भाइरसको जोखिमलाई गम्भीर रूपमा नलिएको अनि शहरमा सुरक्षाको पूर्वसतर्कता नअपनाएको आरोप स्थानीयहरूले लगाउँदै आएका थिए ।

पेरुभरि ६६ दिनदेखि आधिकारिक रूपमा बन्दाबन्दीको घोषणा गरिएको छ ।

तर आक्रोशित स्थानीयहरूका अनुसार, टोरेसले लकडाउन शुरू भएदेखि शहरमा आठ दिन मात्र बिताएका छन् र स्थानीय स्तरमा सुरक्षाको कुनै उपाय अपनाएका छैनन् ।

उनले बाहिरका मानिसलाई शहरमा प्रवेश गर्नबाट रोक्नका लागि पनि कुनै सुनिश्चितता गरेका छैनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *