Sajhamanch Archive

मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

सप्तरी । मोवाइल चार्ज गर्ने क्रममा सप्तरीमा एक महिलाको बिहीबार करेन्ट लागेर ज्यान गएको छ ।

बोदे बर्साइन नगरपालिका वडा नं.९ सिम्राहा निवासी ४० बर्षीया मिरकुनदेवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

करेन्ट लागेर सिकिस्त भएकी उनलाई उपचारका लागि बोदे बर्साइन ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *