Sajhamanch Archive

नेपालको झण्डा बोकेर लिपुलेक हिँडेका सात जना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । नेपालको राष्ट्रिय झण्डा बोकेर लिपुलेक जान हिँडेका सात जना पक्राउ परेका छन् । लकडाउन उल्लंघन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रमुख डीएसपी पदमबहादुर विष्टका अनुसार ब्यास गाउँपालिकाको तुम्लिङ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको छ ।

‘कालापानी जाँदा एसएसबीले नै कुट्छन्, अप्रिय घटना हुनसक्छ’, विष्टले भने, ‘त्यसैले रोकेका हौं । फेरि लकडाउन पनि उल्लंघन गरेकाले पक्राउ गरेका हौं ।’ उनीहरुलाई तिंकरसम्म पुग्दै पनि समस्या हुनसक्ने उनले सुनाए ।

पक्राउ परेका व्यक्तिबारे थप अनुसन्धान हुन बाँकी रहेको उनले जनाए । नेपाली भूमि मिचेर भारतले लिपुलेक क्षेत्रमा सडक निर्माण गरेपछि जनस्तरमा व्यापक विरोध भइरहेको छ । बुधबार नेपाल सरकारले पनि कालापानी, लिपुलेक क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरिसकेको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *