Sajhamanch Archive

थप ३ जनामा कोरोना, सङ्क्रमितको सङ्ख्या ४५७ पुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । बिहीबार राति थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भेरी अस्पताल, नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा तीन जना सङ्क्रमित थपिएका छन् ।

बाँकेका नरैनापुर ३ का ३२ वर्षीय पुरुष, खजुरा ३ का‌ ४२ वर्षीया महिला र कपिलवस्तु शुद्धोधन गाउँपालिकाका वडा नं. १९ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या चार सय ५७ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *