Sajhamanch Archive

साथीकाे हत्या गर्ने दुई जना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

कास्की । हत्या गरी शव गाडेको अवस्थामा फेला परेका सुजन विकको हत्या आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

कास्कीको मादी गाउँपालिका घर भइ पोखरा २७ लेखनाथको अघौँमा बस्ने सुजन विकको शव चार दिनपछि मृत अवस्थामा फेला पर्‍यो । गएको जेठ ३ गतेदेखि हराएका विकको शव दुई दिनअघि पोखरा महानगरपालिका २७ को भीमसेनस्थान नजिकै फेला परेको थियो ।

विकको हत्या आरोपमा प्यूठान गौमुखी गाउँपालिका वडा नं. ३ डिहिगाँउ घर भएका २१ वर्षीय थमन पुन मगर र त्यही ठाँउका २३ वर्षीय प्रकाश घर्ती मगरलाई पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख, एसपी दानबहादुर कार्कीले जानकारी दिए । दुवै जनालाई पोखरा महानगरपालिका २७ सुन्दरी बजारबाट पक्राउ गरिएको हो । दुवै जना त्यही ठाँउमा डेरामा बस्ने गरेको उनले बताए ।

मजदुरी काम गर्ने उनीहरु मृतक (विकसहित) शनिबार साँझसँगै बसेर रक्सी सेवन गरी घर फर्किने क्रममा विवाद भएपछि ढुङ्गाले हानेर विकको हत्या गरेको अनुसन्धानमा खुलेको कार्कीले बताए ।

विवाद भएपछि पहिले मुक्काले हान्दा थुचुक्कै बसेका विकलाई दुई जनाले ढुङ्गाले हानेर हत्या गरेको खुलेको उनले बताए । घटनामा संलग्न भएको आशङ्कामा १० जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरी छाडिएको छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *