Sajhamanch Archive

भारतबाट आएका चितवनका वृद्ध दम्पतीमा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

चितवन । भारतबाट आएका तीन जनालाई चितवनमा गरिएको कोरोना परीक्षणमा संक्रमण पुष्टि भएको छ । तीन जनामध्ये दुइ जना चितवनका हुन् भने एक जना नवलपरासीका हुन् । भरतपुर महानगरपालिका वडा नं. ६ केशरवागका दुई वृद्ध दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरु भारतबाट चितवन आई क्यान्सरको उपचार गराएर फर्किएको जनाइएको छ । कोरोना संक्रमण भएका पुरुष ७४ बर्षका छन् भने महिला ७३ बर्षकी छन् । उनीहरुसँगै भारत गएका छोरामा भने कोरोना संक्रमण देखिएको छैन ।

उनीहरु दुई साता अघि भारतबाट आएको खुलेको छ । उनीहरुलाई भरतपुर कोरोना अस्पतालमा राखिएको छ । उनीहरुको अवस्था उमेर अनुसार सामान्य नै रहेको अस्पतालले जनाएको छ ।

यस्तैं नबलपरासीको विनय त्रिवेणी गाउँपालिका वडा नं. ६ का एक ४३ बर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनको अवस्था पनि सामान्य छ । उनी भारतबाट नेपाल आएका थिए ।

भरतपुर कोरोना प्रयोगशालामा बिहीबार गरिएको १३१ परीक्षणमध्ये तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । चितवनमा अहिलेसम्म गरिएका परीक्षणमा ६ जनामा कोरोना संक्रमण देखिएको छ । यी मध्ये चार जना चितवनका हुन् भने दुई जना नवलपरासीका हुन् ।चितवनमा संक्रमित दुई आमा छोरा निको भएर घर फर्किसकेका छन् ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *