Sajhamanch Archive

मोरङको लेटाङ पनि सिल

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

लक्ष्मीमार्ग  । मोरङमा पनि  कोरोना (कोभिड–१९) भाइरस संक्रमण हुनेको संख्या  बढ्ने सम्भावना भएसंगै  संक्रमण विस्तारको जोखिम भएको भन्दै लेेेटाङ नगरपालिकाले  नगर क्षेत्र सिल गर्ने निर्णय गरेको छ ।
जेठ ९ गते राति १२ बजेदेखि १२ गते सोमबार मध्यरातिसम्म नगर क्षेत्र सिल गर्ने निर्णय भएको नगर प्रमुख शंकर राईले बताए । उक्त अवधिमा नगरका सबै नाकाहरु सिल गरी आउजाउमा प्रतिबन्ध लगाइने छ । नगरभित्रका औषधि पसल, एम्बुलेन्स सेवा, अत्यावश्यक सेवाबाहेक अरु सञ्चालन गर्न रोक लगाइने नगरपालिकाले जनाएको छ ।
उद्योग, व्यापार, व्यवसाय, ढुवानी साधन, मासु पसल, होटल, तरकारी पसलजस्ता सबै खाले व्यवसायमा पूर्ण रुपमा बन्द गरिने भएको छ । बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले उक्त अवधिमा नगर क्षेत्रभित्र हिँडडुल गर्नसमेत रोक लगाउने निर्णय गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *