Sajhamanch Archive

शिवसताक्षीको बुलोचोकमा रक्तदान ६८ प्रिन्ट रगत संकलन

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

शिवसताक्षी । झापाकोे शिवसताक्षी नगरपालिका वडा नम्बर ४बुलोचोकमा ६८ जनाले रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाईटी पाँचगाछी उपशाखाको आयोजनामा शुक्रबार सम्पन्न रक्तदान कार्यक्रममा २१ जना महिला र ४७ जना पुरुष गरी ६८ जनाले रक्तदान रक्तदान गरेका हुन् ।

देशभर रगतको कमी भइरहेको कुरालाई मध्यनजर गर्दै लकडाउनको बाबजुत पनि रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाल रेडक्रस सोसाईटी पाँचगाछी उपशाखाका सह सचिव सन्तोस पौडेलले जानकारी दिए ।

रक्तदानमा नेपाल रेडक्रस रक्तसंचार केन्द्र विर्तामोडको प्राविधिक सहयोग रहेको थियो ।

नेपाल रेडक्रस सोसाईटी पाँचगाछी उपशाखाका सभापती मिता सिटौलाको सभापतीत्वमा सम्पन्न रक्तदान कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अधिकचन ताजपुरीया, नेपाल रेडक्रस सोसाईटी प्रदेश सदस्य प्रकास खरेल, शिवसताक्षी नगर बोर्ड सदस्य जितेन्द्र शाह लगायतको उपस्थिती रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *