Sajhamanch Archive

गेष्ट हाउसमा जुवा खेल्ने पाँच जना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

जनकपुरधाम । गेष्ट हाउसभित्र जुवा खेल्ने ५ जनालाई आज जनकपुरधामबाट पक्राउ गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं.९ पिडारी चोकस्थित जानकी बाटिका गेष्ट हाउसमा जुवा खेलिरहेका उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम ८ बस्ने ५५ वर्षीय बिल्टु बरही, वडानम्बर १३ बस्ने ३५ वर्षीय मोस्तकिङ राईन, ४७ वर्षीय जसिन कवाडी र ३४ वर्षीय रमेश साहु तथा धनुषाकै मिथिला बिहारी नगरपालिका वडा नं.७ बस्ने ५६ वर्षीय किशोरी साह छन् ।

उनीहरुको साथबाट २ लाख ७ हजार ५२५ समेत बरामद भएको धनुषा प्रहरीका प्रबक्ता एवम् डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *