Sajhamanch Archive

गाउँपालिका अध्यक्षद्धारा वडाध्यक्षमाथि कुटपिट

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले वडाध्यक्षमाथि कुटपिट गरेका छन् ।

गाउँपालिकाको ४ नम्बर वडाका अध्यक्ष गञ्ज क्षेत्रीलाई शुक्रबार कार्यपालिका बैठकमै कुटपिट गरेको पीडित वडाध्यक्ष क्षेत्रीले बताए ।

कोरोना भाइरसको जोखिम कम गर्न वडा नम्बर ४ को सुलिचौर बजारमा रहेका बैंकलाई हप्तामा ३ दिन खोल्ने निर्णयका विषयमा कार्यपालिकामा बहस भइरहेका बेला अध्यक्ष घर्तीले आफूमाथि एक्कासी हातपात गरेको वडाध्यक्षको भनाइ छ ।

वडाध्यक्ष क्षेत्रीले आफूलाई कुटपिट गरी घाइते बनाएको भन्दै अध्यक्षमाथि कारबाहीका लागि इलाका प्रहरी कार्यालय सुलिचौरमा उजुरी समेत गरेका छन् ।गाउँपालिका अध्यक्ष घर्ती तत्कालीन माओवादी केन्द्रबाट तथा वडाध्यक्ष क्षेत्री नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।

यसैबीच नेपाली कांग्रेस रोल्पाले पनि एक विज्ञप्ति जारी गर्दै कुटपिट गर्ने अध्यक्षमाथि हदैसम्मको कारबाहीको माग गरेको छ । नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनले निकालेको विज्ञप्तिमा स्थानीय सरकारको प्रमुखजस्तो जिम्मेवार पदमा रहेका गाउँपालिका अध्यक्ष घर्तीले विवाद मिलाएर सबैलाई समेटेर जानुपर्नेमा उल्टै हातपात गर्नु आपराधिक गतिविधि भएकाले कारबाही गर्न स्थानीय प्रशासन र नेपाल सरकारसँग माग गरिएको छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *