Sajhamanch Archive

कपिलवस्तुमा जनप्रतिनिधि र पत्रकारमा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

कपिलवस्तु । कपिलवस्तुमा जनप्रतिनिधि र पत्रकारसहित कोरोनाभाइरस संक्रमित हुनेको संख्या ७७ पुगेको छ।

आज बिहान एक जना वडाध्यक्ष र एक जना पत्रकारसहित आठ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संख्या ७७ पुगेको हो।

शुक्रबार पनि दुई जना पत्रकारमा कोरोना संक्रमण देखिएको थियो। शनिबार थपिएका आठ जनामध्ये छ जना वाणगंगा र दुई जना बुद्धभूमिका रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।

उनीहरू कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ८, ३, ११, ५, १० का एकएक जना २५, १९, ४२, ४० र ३५ वर्षका पुरुष रहेका छन् भने वडा नम्बर ६ का २७ वर्षीय महिला रहेकी छन्।

बुद्धभूमि नगरपालिका वडा नम्बर ४ का २२ वर्षका पुरुष र १७ वर्षकी महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।

उनीहरुको जेठ ४ र ५ गते वाणगंगा नगरपालिका स्थित सिद्धार्थ क्याम्पस बुङचीबाट स्वाब संकलन गरिएको कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए।

वडाअध्यक्ष र पत्रकार बाहेक अरु ६ जना भारतबाट आएको थापाले बताए।

कपिलवस्तुमा भारतबाट आएका व्यक्तिसँगै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।यसअघि कृष्णनगर नगरपालिकाका कर्मचारी तथा सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो।

सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *