Sajhamanch Archive

ग्राण्डी अस्पतालमा उपचाररत बिरामीमा पनि कोरोना, अस्पताल शिल गरिंदै

Published: in राष्ट्रिय समाचार by .

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (शनिबार) विहान कोरोना पुष्टि गरेका काठमाडौंका एक व्यक्ति ग्राण्डी अस्पतालमा उपचाररत बिरामी रहेको पाइएको छ ।

आज कोरोना संक्रमण पुष्टि भएका ३५ वर्षीय पुरुष ग्राण्डी अस्पतालमा उपचाररत व्यक्ति रहेको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् । उनले संक्रमित व्यक्तिलाई टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको पनि बताए ।

संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङका लागि इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाको टोली खटिइसकेको मन्त्रालय स्रोतले जानकारी दियो । बिरामीमा कोरोना संक्रमण देखिएपछि ग्राण्डी अस्पताल शिल गर्ने तयारी गरिएको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *