Sajhamanch Archive

कोरोना भाइरस मार्ने मास्क बनाउदै वैज्ञानिक

Published: in राष्ट्रिय समाचार by .

मास्कको बाहिरी सतहमा सम्पर्कमा आउने कोरोना भाइरसलाई निष्क्रिय पार्ने विशेष खालको मास्क बनाउने प्रयास भइरहेको छ ।

केन्टकी विश्वविद्यालयलका अनुसन्धाकर्ताहरू मास्कको बाहिरी तहमा रहेका भाइरसलाई आक्रमण गरेर मार्न सक्ने बनाउने प्रयासमा जुटेका हुन् ।

अनुसन्धानकर्ताका अनुसार मास्कको बाहिरी तहमा भाइरसलाई मार्न या निष्क्रिय पार्न सक्ने एन्जाइम राखिने र सो एन्जाइम सार्स–कोभी–२ कम्पोनेन्टलाई आक्रमण गर्न सक्ने गरी तयार पारिने छ ।

विश्वविद्यालयका केमिकल इन्जिनियरिङ्गका प्राध्यापक दीवाकर भट्टाचार्यले भाइरस मास्कको सम्पर्कमा आउने बित्तिकै मर्ने गरी तयार पार्ने प्रयासमा रहेको र मास्क बनाउन तथा परीक्षणका लागि ६ महिना लाग्ने बताएका छन् ।

एन्टिभाइरल फेस मास्कले वरपरको हावामा रहेको भाइरल पार्टिकल्सलाई पनि हटाउने यसको खुबि रहने बताएका छन् ।

मास्कको बाहिरी तहमा एकदम पातलो हुने, र प्रयोगकर्ताहरूले सजीलो तरिकाले सास लिन सक्छन्, उनले भने मास्कले भाइरस पत्ता लाग्ने बित्तिकै रंग पनि परिवर्तन गर्न सक्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *