नारायणी अस्पतालमा उपचाररत ९ जनाले जिते कोरोना
Published: (Updated: )
by .पर्सा । पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत ९ जना कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् ।
उनीहरुमा गरिएको पछिल्लो परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै डिस्चार्जको तयारी गरिएको छ ।
शनिबार साँझसम्म उनीहरुलाई डिस्चार्ज गरिने नारायणी अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले ९ जना कोरोनामुक्त भएको भन्दै उनीहरुलाई डिस्चार्जको तयारी गरिएको बताए ।
उनीहरुमध्ये बारा पर्सा र रौतहटका हुन् । कोरोना निको हुनेमा १९ देखि ५१ वर्ष उमेरसम्मका रहेका छन् ।
रातोपाटी
Comments