Sajhamanch Archive

नारायणी अस्पतालमा उपचाररत ९ जनाले जिते कोरोना

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

पर्सा । पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत ९ जना कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् ।

उनीहरुमा गरिएको पछिल्लो परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै डिस्चार्जको तयारी गरिएको छ ।

शनिबार साँझसम्म उनीहरुलाई डिस्चार्ज गरिने नारायणी अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले ९ जना कोरोनामुक्त भएको भन्दै उनीहरुलाई डिस्चार्जको तयारी गरिएको बताए ।

उनीहरुमध्ये बारा पर्सा र रौतहटका हुन् । कोरोना निको हुनेमा १९ देखि ५१ वर्ष उमेरसम्मका रहेका छन् ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *