Sajhamanch Archive

रोकिएन बारामा काठ तस्करी, फेरि डेढ सय क्युफिट काठ बरामद

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

सिमरा । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको टाँगियाबस्तीमा लुकाई राखेको अवस्थामा डिभिजन वन कार्यालय बाराले झण्डै डेढ सय क्युफिट काठ बरामद गरेको छ।

विशेष सूचनाका आधारमा शनिबार बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी र डिभिजन वन कार्यालयको टोलीले टाँगियाबस्ती क्षेत्रमा छापा मारेको थियो। बरामत गरिएका काठ करिब ४ लाख मूल्य बराबरको साल प्रजातिको रहेको कार्यालयले जनाएको छ।

लुकाई राखेको काठ खेत र गोठधनीको विषयमा भने अनुसन्धान भइरहेको वन अधिकृत मञ्जुर अहमदले जनाएका छन्। बरामद गरिएको काठ जितपुरसिमरा उपमहानगरपालिका १६ को तामागढी साझेदारी वन क्षेत्रभित्र राखिएको छ।

बाराको ४ वटा साझेदारी वनमध्ये तामागढी र सहजनाथ साझेदारीमा तस्करीका घटना दैनिक बढ्दै गएका छन्। ‘तस्करी विगतमा धेरै हुन्थ्यो, तर अहिले हामीले २४ सै घन्टा वनमा गस्ती बढाएका छौं,’ वन अधिकृत मञ्जुरले भने, ‘गस्ती धेरै हुन थालेकाले तस्करीका घटना धेरै सार्वजनिक भएका हुन्।’

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *