Sajhamanch Archive

समाजवादी र राजपा नेताले देउवालाई भेटेर भने- प्याकेजमै संविधान संशोधन गरौं

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल राजपाका नेताहरूले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।

नक्सा अद्यावधिकसँगै संविधानको अनुसूची संशोधन प्रस्ताव सरकारले संसदमा दर्ता गरेको अवस्थामा मधेशका जनताका मागहरू पनि समेट्नुपर्ने प्रस्तावसहित दुबै पार्टीका शीर्ष नेताहरूले शनिबार सभापति देउवालाई भेटेका हुन्।

‘संविधान संशोधनका लागि अहिले सरकारले संसदमा दर्ता गरेको छ। यो ठीक छ। तर मधेशका जनताका मागअनुसार आफूहरूले उठाउँदै आएका मुद्दाहरू पनि यहीबेला प्याकेजमै समेट्नुपर्छ भन्ने प्रस्ताव हामीले देउवालाई भेटेर राखेका हौं,’ राजपा नेता केशव झाले भने।

जवाफमा देउवाले पदाधिकारी बैठक राखेर यसबारे के गर्ने निर्णयमा पुग्ने बताएका थिए। ‘देउवाले भोलि पदाधिकारी बैठक छ। त्यहाँ कुरा राख्छु, अनि छलफल गरौंला भन्नुभयो,’ उनले भने।

देउवालाई भेट्न बुढानिलकण्ठस्थित निवासमा राजपा शीर्ष नेता राजेन्द्र महतो, शरदसिंह भण्डारी, महेन्द्र राय यादव, अनिल झा पुगेका हुन्।

समाजवादीबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ पुगेका हुन्। उनीहरूबीच करिब डेढ घण्टा कुराकानी भएको थियो।

राजपा र समाजवादीबीच पार्टी एकता भएर जनता समाजवादी दल बने पनि निर्वाचन आयोगमा दर्ता भइसकेको छैन।

सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *