Sajhamanch Archive

काठमाडौं-ककनी ओहोरदोहोर गरिरहन्थे नुवाकोटका संक्रमित

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । आइतबार नुवाकोटमा पहिलो पटक कोरोनाभाइरसको संक्रमण देखिएको छ।

संक्रमण पुष्टि भएका नुवाकोटका ४० वर्षीय पुरुष ककनी गाउँपालिका वडा नं.३, चाउथेका स्थानीय रहेको खुलेको छ।

गाउँपालिका अध्यक्ष मानबहादुर लामाका अनुसार संक्रमित पुरुष बाहिर कतैबाट पनि नआएको र गाउँमा बालुवा झिक्ने ठेक्कापट्टाको काम गर्ने व्यक्ति भएको जानकारी दिए।

अध्यक्ष लामाले संक्रमित पुरुष बाहिरबाट नआएको भए पनि काठमाडौं आहोरदोहोर गर्ने गर्थे।

‘मैले नै गत ५ गतेसम्म काठमाडौं ओहोरदोहोर गरेको देखेको थिएँ,’ उनले भने। संक्रमित पुरुषलाई टेकु अस्पताल पठाउने तयारी गरिएको छ। साथै उनीसँग सम्पर्कमा पुगेका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ गर्नलाई स्वास्थ्य टोली पठाउन लागिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए।

काठमाडौं महानगरले ककनीको सिसडोलका वासिन्दाहरूको परीक्षण गर्दा संक्रमित पुरुषले पनि पिसिआर परीक्षणको लागि स्वाब दिएका थिए। त्यहीँ टोलीमा उनको नतिजा पोजेटिभ आएको हो।

सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *