Sajhamanch Archive

अहिलेसम्म ८७ जना निको, यस्तो छ जिल्लागत अवस्था

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाण्डौ । आइतबार दिउँसो थप १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ६ सय तीन पुगेको छ ।

सङ्क्रमितमध्ये ८७ जना निको भएका छन् । यस्तै हिजो पर्साको नारायणी अस्पतालबाट डिस्चार्ज भएका ९ जनामध्ये दुई जनामा फेरि सङ्क्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ । सात जना भने घर गएका छन् ।

सङ्क्रमणबाट तीन जनाको ज्यान गएको छ भने पाँच सय १६ जना भाइरसका सक्रिय बिरामी रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमण देखिएकामध्ये निको हुनेमा उदयपुर जिल्ला सबैभन्दा अघि छ । उदयपुरमा ३३ जनामा सङ्क्रमण देखिएकोमा २३ जना उपचारपछि निको भएका छन् ।

कोरोना सङ्क्रमणको हिसाबले पहिलो नम्बरमा बाँके रहेको छ । बाँकेमा अहिलेसम्म एक सय ४२ जनामा सङ्क्रमण पुष्टि भएकोमा २१ जना उपचारपछि निको भएका छन् । कपिलवस्तुमा ८० जनामा सङ्क्रमण पुष्टि हुँदा १० जना निको भएका छन्, पर्सामा ९४ जनामा सङ्क्रमण पुष्टि भएकोमा सात जना निको भएका छन् ।

त्यस्तै रुपन्देहीमा एक, झापामा दुई, रौतहटमा तीन, बारामा दुई, काठमाण्डौमा चार, धनुषामा एक, कैलालीमा चार, चितवनमा दुई, भक्तपुरमा दुई, धादिङमा एक, बागलुङमा दुई, भोजपुरमा एक, कञ्चनपुरमा एक जना निको भएका छन् ।

अहिलेसम्म ४२ वटा जिल्लामा सङ्क्रमण देखिएको छ भने तीन जनाको ज्यान गएको छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *