Sajhamanch Archive

बाँकेको नरैनापुरमा सेना परिचालन गरिने

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा नेपाली सेना परिचालन गरिने भएको छ ।

जिल्ला सुरक्षा समितिको आज बसेको बैठकको निर्णय अनुसार सेनानीको कमाण्डमा सैनिक टोली परिचालन गर्न लागिएको भैरवनाथ गणका गणपति प्रमुख सेनानी नहकुल थापाले जानकारी दिए ।

जिल्ला सुरक्षा समितिले नरैनापुरमा विशेषज्ञ चिकित्सकसहित थप स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय पनि गरेको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का अनुसार कोरोना सङ्क्रमण फैलिन नदिन अर्को सूचना जारी नभएसम्मका लागि निषेधित क्षेत्र कायम गरिएको छ ।

नरैनापुरमा एक जना मृतकसहित एक सय १४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो समय कोरोना सङ्क्रमितलाई आइसोलेशनमा लैजाने क्रममा अवरोध हुने र भगाउने कार्य हुन थालेपछि सेना परिचालन गरिएको हो ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *