Sajhamanch Archive

मास्क महँगो मूल्यमा बेच्ने फार्मेसीहरुलाई २/२ लाख जरिबाना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाण्डौ । कोरोना भाइरसको महामारीबाट बच्न अहिले देशव्यापी लकडाउन घोषणा गरिएको छ । यस्तो विषम परिस्थितिमा पनि अत्यावश्यक वस्तुमा पनि कालोबजारी हुने क्रम रोकिएको छैन ।

मास्क महँगो मूल्यमा बेच्ने काठमाण्डौका तीन वटा फार्मेसीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार दुई/दुई लाख रुपैयाँ जरिबाना तिराएको छ ।

हाइमास्क तथा के एन–९० फाइभ मास्क बढी मूल्य लिएर बेचेको पाइएपछि वीर अस्पताल अगाडिका पवित्र प्रोग्रेस फार्मेसी, मेगन फार्मेसी र हनुमान फार्मेसीलाई दुई/दुई लाख रुपैयाँ जरिबाना गरिएको विभागले जनाएको छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *