Sajhamanch Archive

काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो

Published: in राष्ट्रिय समाचार by .

चितवन । पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशुली नदीमा खसेको छ ।

शुक्रबार दिउँसो चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकखण्डमा करिब १ सय मिटर तल बस खसेको हो ।

दुर्घटनामा परेको ना ६ ख २५०६ नम्बरको बस नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *