Sajhamanch Archive

४ महिने शिशुदेखि ६६ वर्षीय वृद्धले जिते कोरोना

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

वीरगञ्ज । कोरोना निको भएर वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट आइतबार राति एकै परिवारका १८ जना डिस्चार्ज भएका छन् ।

अस्पतालका डा. उदयनारायण सिंहका अनुसार उनीहरुको पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । उनका अनुसार वीरगञ्ज महानगरपालिका वडा नं.३ छपकैयाका एकै परिवारका सदस्यहरु डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा ४ महिनाको शिशुदेखि ६६ वर्षका वृद्ध छन् ।

गत वैशाख २१ गते एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि उनका परिवारका सदस्यहरुको परीक्षण गरिएको थियो । परीक्षणका क्रममा उनको परिवारका १७ जना सदस्यमा वैशाख २४ गते संक्रमण पुष्टि भएको थियो ।

आइतबार राति १८ जना निको भएर घर फर्किएसँगै नारायणी र गण्डक कोभिड अस्पतालमा गरी ७२ जना संक्रमित उपचाररत छन् । पर्साका एक जना संक्रमित भने बाराको कलैया अस्पतालमा उपचाररत छन् । आइतबार तीन जना संक्रमित थपिएसँगै पर्सामा कोरोना संक्रमितको संख्या ९४ पुगेको छ ।

यसअघि शनिबार पनि नाराणी अस्पतालबाट चार जना डिस्चार्ज भएका थिए । जसमध्ये एक जना भारतीय नागरिक थिए । उनीसँगै कोरोना परीक्षणका क्रममा पर्सामा संक्रमित देखा परेका तीन जना भारतीय नागरिक निको भएर डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *