Sajhamanch Archive

भारतबाट आएका थिए सप्तरीका कोरोना संक्रमित

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज, स्वास्थ्य by .

सप्तरी । सप्तरी जिल्लाका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दवै संक्रमित गत जेठ २ गते भारतबाट नेपाल आएको खुलेको छ ।

संक्रमित दुवै डाक्नेश्वरी नगरपालिकाका हुन् । वडा नम्बर ४ भुतहीका ३४ वर्षीय र वडा नम्बर ८, गम्हरिया प्रवाहाका २२ वर्षीय युवक संक्रमित पाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

यी दुवै जना १७ जनाको समूहमा नेपाल प्रवेश गरेका थिए । सबैलाई राजगढ गाउँपालिकाको नर्घोस्थित क्वारेन्टाइनमा राखिएको थियो । यी १७ जनाकै स्वाब संकलन गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गराउँदा दुई जनाको पोजेटिभ देखिएको यादवले बताए ।

यो क्वारेन्टाइनमा भारतबाट आएका १ सय ६ जनालाई राखिएको छ । यी दुईसँगै डाक्नेश्वरी नगरपालिकामा संक्रमितको संख्या तीन पुगेको छ भने सप्तरीमा चार । यसअघि डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ को हटैल टोल तथा बलान बिहुल गाउँपालिका ४ बेल्हीका एक पुरुष संक्रमित देखिइसकेका छन् ।

संक्रमित चारै जनाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *