Sajhamanch Archive

कमलमा विभिन्न कार्यक्रम गरी मनाइयो गुरु पूर्णिमा

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

कमल । आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ ।

आजको दिनलाई ज्ञानको ज्योति दिनेलाई अन्धकारबाट उज्यालोतर्फ बाटो देखाउने गुरूलाई सम्मान गर्ने दिनको रुपमा लिने गरेको पाईन्छ । गुरुले दिने ज्ञान र त्यस्को मानव जिवनसँगको सम्बन्ध एकदमै गहिरो रहिआएको छ ।

यसै कमल गाउँपालिकामाका संघ संस्थाहरुले विभिन्न कार्यक्रम गरी गुरुहरुलाई सम्झिएका छन् । गाउँपालिकाको पतन्जली योग ईकाई कमिटीले वडा नं. ३ को सिंह देवी मन्दिरको प्राङगणमा एक कार्यक्रमको आयोजना गरी गुरुप्रति श्रद्धासुमन व्यक्त गर्दै कार्यक्रम मनाईएको छ ।

यसै गरी पतञ्जली योग दमक नगर कमिटीको आयोजनामा जेष्ठ नागरिक सम्मान प्रतिष्ठान, शिवसताक्षी नगर कमिटी, धनेश्वर योग साधना केन्द्र, सर्वेश्वर शिवालय मन्दिर लगायत आधा दर्जन संघ सस्थाको सहभागीतामा गुरुहरुप्रति श्रद्धासुमन व्यक्त गर्दै कार्यक्रम मनाइएको पतञ्जली योग प्रदेश नम्बर १ का महामन्त्री लक्ष्मी काफ्लेले जानकारी दिए ।

दकम ५ स्थित जेष्ठ नागरिक सम्मान प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रकमा पतञ्जली योग दमक नगर कमिटीका अध्यक्ष दुर्गा भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *