राष्ट्रपतिलाई प्रधानमन्त्रीले बुझाए सुरक्षा परिषदको प्रतिवेदन
Published: (Updated: )
by .![](https://old.sajhamanch.com/wp-content/uploads/2020/05/bidhya-bhandari-and-kp-oli.jpg)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस गरेका छन् ।
शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले आव ०७६/७७ को नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।
समारोहमा राष्ट्रपति भण्डारी, उपप्रधान ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडालगायतको उपस्थिति थियो ।
अनलाइनखबर
Comments