Sajhamanch Archive

प्रदेश १ मा १६ हजार ३ सय बढीको कोरोना परीक्षण

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा सोमबारसम्म १६ हजार ३ सय ८ जनामा कोरोना परीक्षण भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएअनुसार प्रदेश सरकारको पहलमा ल्याबमा गरिने (पिसीआर) विधि र द्रूत परीक्षण विधिबाट परीक्षणलाई तिव्रता दिइएको छ ।

आरडीटीबाट जम्मा ११ हजार ६६ जनाको नमूना परीक्षण गरिएकोमा ११ हजार १२ जनाको रिर्पोट नेगेटिभ आएको छ । जम्मा ५४ जनामा पोजेटिभ रिर्पोट आएको छ ।

यसैगरी पीसीआर विधिबाट जम्मा ५ हजार २ सय ४२ जनाको नमूना परीक्षण गरिएकोमा ४ हजार ७ सय ११ जनाको रिर्पोट नेगेटिभ आएको छ । पिसीआरबाट गरिएको परीक्षणमा हालसम्म ८७ जनामा रिर्पोट पोजेटिभ आएको छ ।

परीक्षणबाट कोरोना संक्रमण देखिएकाहरुको विराटनगरको कोशी कोभिड अस्पतालमा उपचार हुँदै आएको छ । ठिक भई २६ जना डिस्चार्ज भइसकेका छन् ।

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या कूल १४ सय ९८ जना रहेको छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा १७ जना छन् । होम क्वारेन्टाइनमा जम्मा ८ हजार ७ सय १९ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *