Sajhamanch Archive

त्रिशूली बस दुर्घटना अपडेट: पाँचको मृत्यु २३ को उद्धार

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by .

चितवन । चितवनको इच्छाकामना गाउँपालिका-३ स्थित मुग्लिन­मलेखु सडकखण्डअन्तर्गत चुम्लिङटारबाट त्रिशूली नदीमा बस खसेर भएको दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेको उद्धारमा खटिएका चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार मृतकको पहिचान खुलेको छैन। प्रहरीले २३ जना घाइतेको उद्धार गरेर भरतपुरतर्फ पठाएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। बसका यात्रुमध्ये २३ यात्रुको उद्धार भएको छ।

केही यात्रुहरू बसमा च्यापिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ। अहिले घटनास्थलमा प्रहरीले उद्धारको काम जारी राखेको छ। काठमाडौंबाट पोखरा जान आउँदै गरेको ना ६ ख २५०६ नम्बरको बस, विपरित दिशाबाट जाँदै गरेको ना ५ ख ७४०९ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो। बिहान ११:५० बजे भएको उक्त दुर्घटनापछि ट्रक सडकमै रहेको छ भने बस अन्दाजी ६०/७० मिटर तल त्रिशूली नदी किनारमा खसेको चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए।

अहिले ट्रक चालक भने जोगीमारा प्रहरीको सम्पर्कमा पुगेका छन्। घटनास्थल मुग्लिनबाट अन्दाजी १५ किलोमिटर काठमाडौतर्फ पर्छ। बसमा ३०/३२ जना यात्रु रहेको अनुमान छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *