Sajhamanch Archive

प्रधानमन्त्रीले बोलाए सर्वदलीय वैठक

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्री ओलीले कोभिड–१९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका हुन् । बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जनाइएको छ ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरुलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सञ्चारमाध्यमहरुलाई जानकारी दिएका छन् । यसअघि पनि प्रधानमन्त्री ओलीले एक पटक सर्वदलीय वैठक बोलाएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *