Sajhamanch Archive

दाङको बेलझुण्डी अस्पतलामा २७ कोरोना संक्रमित

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज, स्वास्थ्य by .

दाङ । दाङ तुलसीपुरको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा मंगलबारसम्म २७ जना संक्रमितलाई राखिएको छ।

दाङसहित, बाँके, बर्दिया, कपिलबस्तु, अर्घाखाँची, लगायत जिल्लाका गरी २७ जनालाई उपचारका लागि राखिएको जिल्ला कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए।

कोरोना अस्पतालमा दाङका ३, बाँकेका ८, कपिलबस्तुका ६, बर्दियाका ४, रुपन्देहीका ४ र अर्घाखाँचीका २ जनाको उपचार भइरहेको चन्दले बताए। दाङको कोरोना विशेष अस्पताल १०० बेडको हो । हालसम्म सबैको अवस्था सामान्य रहेको उनले जानकारी दिए।

प्रदेश सरकारले प्रदेश भरका कोरानाका संक्रमित विरामीहरुलाई उपचार गर्न सकिने गरी बेलझुण्डीमा कोराना विशेष अस्पताल स्थापना गरेको थियो।

सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *