Sajhamanch Archive

बढी मूल्य लिने पसललाई दुई लाख रूपैयाँ जरिमाना

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by .

नेपालगञ्ज । बढी मुनाफा लिएर धानको बीउ बिक्री गरेपछि नेपालगञ्जको एक एग्रोभेट पसललाई दुई लाख रूपैयाँ जरिमानासहित कारवाही गरिएको छ।

संयुक्त बजार अनुगमन समितिले आज गरेको बजार अनुगमनमा स्थानीय खजुरारोडस्थित मुनाल एग्रोभेट पसलले प्रतिकिलो दुई सय रूपैयाँ पर्ने ‘मुकाबला—२३ सुखी’ नामको धानको बीउलाई तीन सय रूपैयाँभन्दा बढीमा बिक्री गरेको पाइएपछि कारवाही गरिएको हो।

बन्दाबन्दी समयमा धानको बीउ खरीद गर्ने किसान ठगिएको प्राप्त सूचनाका आधारमा गरिएको अनुगमनमा उक्त पसलले तोकिएको मूल्यभन्दा धेरै मुनाफा लिएर बिक्री गरेको पाइएपछि कारवाही गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेलले बताए।

अनुगमन टोलीले नेपालगञ्जका त्रिमूर्ति, चितवन, सिर्जना र तिवारी एग्रोभेटमा रहेका म्याद नाघेका विभिन्न सामग्रीसमेत नष्ट गरेको जनाइएको छ।

सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *