Sajhamanch Archive

चिकित्सा शिक्षा विधेयक संसदमा पेश

Published: (Updated: ) in विविधा by .

काठमाडौँ । सरकारले चिकित्सा शिक्षा विधेयक दोस्रोपटक संसदमा पेश गरेको छ ।

अघिल्लो संसदमा पेश भएको विधेयकमा सहमति जुट्न नसकेपछि निष्क्रिय भएपछि सरकारले फेरि अर्को विधेयक संसदमा पेश गरेको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शुक्रबारको बैठकमा विधेयक पेश गरेका हुन् ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेल शुक्रबार प्रतिनिधिसभा बैठकमा चिकित्सा शिक्षा अध्यादेश पेस गर्न रोस्ट्रमतर्फ जाँदै । तस्बिर स् अंगद ढकाल

शिक्षा मन्त्रालयले असार २२ मा संसदमा दर्ता गराएको विधेयकमा राखिएको व्यवस्थाको विरोध गर्दै डा . गोबिन्द केसी अनसन बसेपछि संसदमा पेश हुन सकेको थिएन ।

सरकार र केसीबीच बिहीबार सहमती भएसंगै विधेयक पेश गर्न बाटो खुलेको हो । प्रमुख प्रतिपक्ष कांग्रेसले पनि केसी उठाएको विषय सुनुवाई नभएसम्म विधेयक पेश गर्न नदिने भन्दै विरोध जनाएका थिए ।

शुक्रबारको बैठकमा सांसदहरुको सरकार र केसीबीच भएको सम्झौता पत्र सांसदहरुलाई वितरण नगरेसम्म विधेयक पेश गर्न नदिने भन्दै संसद केहीबेर अवरोध पनि भएको थियो । सांसदहरुलाई सम्झौता पत्र वितरण गरेपछि पुनस् सदन सुचारु भएको हो ।

सरकारले सदनमा दर्ता गरेको विधेयकको विरोधमा सांसद गगन थापा, सरिता गिरी र प्रेम सुवालले विरोधको सूचना दर्ता गरेका थिए ।

सरकारले केसीसँग सम्झौता गरेको भन्दै थापा र गिरीले विरोधको सूचना फिर्ता लिए । सुवालको विरोधको सूचना फिर्ता नलिएपछि निर्णयार्थ पेश गर्दा बहुमतले अस्वीकृत भएको छ ।

थापा र गिरीले विरोधको सूचना फिर्ता लिएको र सुवालको सूचना अस्वीकृत भएपछि सभामुख कृष्णबहादुर महराले मन्त्री पोखरेललाई विधेयक पेश गर्न अनुमति दिएको थिए ।

कान्तिपुरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *