Sajhamanch Archive

सांसद कोषको कनिका रकम खारेज गरौं : डा. भट्टराई

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सांसद विकास कोषको रकम खारेज गर्नुपर्ने पक्षमा आफूलाई उभ्याएका छन्।

गोरखामा आफैंसँग पराजित नेकपाका राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठ सांसद विकास कोषको रकम खारेजीको कुरा उठाइरहेका बेला बाबुरामले पनि यस्तो राय सार्वजनिक गरेका हुन्।

माइक्रो ब्लगिङ साइट ट्विटरमा आफ्नो भनाइ राख्दै सांसद कोषको रकमले स्वाभिमान भएका केही सांसदहरुलाई लज्जित तुल्याएको बताएका छन्। उनले यो रकमलाई सबै क्षेत्रको समानुपातिक विकास गर्न सूचकांक बनाएर एक एक अर्ब बिनियोजन गर्नुपर्ने बताएका छन्।

‘सांसद कोषको रकमले केही स्वाभिमान भएका सांसदहरूलाई सारै लज्जित तुल्याइरहेछ’, उनले भनेका छन्, ‘यसो गरौं -सबै क्षेत्रको समानुपातिक विकास गर्न सूचकांक बनाएर सम्बन्धित क्षेत्रका सबै सांसदहरूको संयुक्त सिफारिसमा सामाजिक र भौतिक पूर्वाधारका निम्ति करिब १/१अर्ब बजेट बिनियोजन होस्। अहिलेको कनिका रकम खारेज होस !’

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *