सिरहामा फेला परेका संक्रमित प्रहरी
Published: (Updated: )
by .
जनकपुधराम । सिरहामा फेला परेका दुई जना कोरोना संक्रमित नेपाल प्रहरी रहेको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सिरहामा थप दुई जना पोजेटिभ फेला परेको जनाएको छ ।
फेला पर्ने दुबै जना नेपाल प्रहरी हुन् । एक जना सिरहा प्रहरी प्रमुखका अंगरक्षक र अर्को एक जना सवारी चालक रहेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाइँले जानकारी दिएका छन् ।
उनका अनुसार दुबैलाई आइसोलेसनमा लगिएको छ । योसँगै सिरहामा कोरोना संक्रमितको संख्या ८ पुगेको छ ।
अनलाइनखबर
Comments