भारतमा सङ्क्रमितको सङ्ख्या १ लाख ५१ हजार नाघ्यो
Published: (Updated: )
by .एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ६ हजार तीन सय ८७ जना कोभिड-१९ का नयाँ सङ्क्रमित थपिएको छन् भने एक सय ७० जनाको ज्यान गएको छ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै सङ्क्रमितको सङ्ख्या एक लाख ५१ हजार सात सय ६७ पुगेको छ । ८३ हजारभन्दा धेरैमा सङक्रमण अझै सक्रिय छ ।
६४ हजारभन्दा धेरै सङ्क्रमणलाई जितेर घर फर्किएका छन् । उनीहरूलाई आराम र उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो ।
स्वास्थ्य विभागका अधिकारीका अनुसार भारतमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट चार हजार तीन सय ३७ जनाको ज्यान गएको छ ।
उज्यालो
Comments