Sajhamanch Archive

भारतमा सङ्क्रमितको सङ्ख्या १ लाख ५१ हजार नाघ्यो

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by .

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ६ हजार तीन सय ८७ जना कोभिड-१९ का नयाँ सङ्क्रमित थपिएको छन् भने एक सय ७० जनाको ज्यान गएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै सङ्क्रमितको सङ्ख्या एक लाख ५१ हजार सात सय ६७ पुगेको छ । ८३ हजारभन्दा धेरैमा सङक्रमण अझै सक्रिय छ ।

६४ हजारभन्दा धेरै सङ्क्रमणलाई जितेर घर फर्किएका छन् । उनीहरूलाई आराम र उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

स्वास्थ्य विभागका अधिकारीका अनुसार भारतमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट चार हजार तीन सय ३७ जनाको ज्यान गएको छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *