Sajhamanch Archive

नेपाल मेडिकल कलेजका दुई डाक्टर कुटिए

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य by .

काठमाडौं । नेपाल मेडिकल कलेज अत्तरखेलका दुई जना चिकित्सकमाथि बुधबार कुटपिट भएको छ ।

बिरामीको मृत्यु भएको विषयमा आफन्तले डा. श्री श्रेष्ठ र डा. राकेश सिंहमाथि कुटपिट भएको अस्पतालको फोकल पर्सन डा‍. गुञ्जन खड्काले बताए ।

उनका अनुसार बुधबार बिहान ६ बजे काठमाडौं बेसिगाउँका एक दमको बिरामी अस्पताल ल्याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भयो ।

‘हामीले बिरामीको मृत्यु भएपछि कोभिड १९ को आशंका गरेर सोधपुछ गरेका थियौं’ डा। खड्काले भने, ‘बिरामी मारेर कोभिडको आशंका गर्ने भन्दै मृतकका छोराले कुटे ।’ अस्पतालले उक्त घटनाको छानविन गर्न समिति बनाएको उनले जानकारी दिए ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *