Sajhamanch Archive

रिसोर्टमा २० वर्षीया युवती मृत फेला

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

डडेलधुरा । डडेलधुराको रिसोर्टमा २० वर्षीया युवती मृत अवस्थामा फेला परेकी छिन्।

बुधबार अम्मरगढी नगरपालिका वडा नं.८ स्थित रातोगुँरास रिसोर्टमा वडा नम्बर ७ की निर्मलाकुमारी बोहरा मृत अवस्थमामा फेला परेकी हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार उनी बुधबार बिहान सात बजे रिसोर्टमा कोठा भाडामा लिएर बसेकी थिइन्।

‘बिहान सात बजेतिर रूम भाडामा लिएकी थिइन्। १० बजे तिर खानाको अर्डर लिन रिसेप्सनबाट फोन गर्दा उठेन,’ कार्यालयका प्रवक्ता इन्स्पेक्टर विरेन्द्र बोहराले भने, ‘फोन नउठेपछि रिसोर्टका कर्मचारी कोठामा बोलाउन गएका थिए।

कोठाको ढोका खुल्लै भएको र भित्र हेर्दा झुण्डिएको अवस्थामा फेला परेको इन्स्पेक्टर बोहराले बताए। मृत भेटिएपछि कर्मचारीले प्रहरीलाई खबर गरेका थिए।

सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *