Sajhamanch Archive

उच्च रक्तचापको जोखिम के हुन्छ ?

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार, स्वास्थ्य by .

कुनैबेला उच्च रक्तचाप बुढ्यौलीको रोग भनिन्थ्यो । अहिले युवा वा किशोरपुस्ता समेत उच्च रक्तचापबाट ग्रस्त छन् । खासगरी खराब जीवनशैली एवं खानपानको कारण उच्च रक्तचापले युवापुस्तालाई सताउँदै गएको छ ।

अनियमित दैनिकी, शारीरिक निक्रियता, चिल्लोचाप्लो खानेकुरा, मदिरा सेवन, तनाव आदिका कारण उच्च रक्तचापले धेरैलाई गाँजेको छ। त्यो त वंशानुगत रुपमा वा अन्य शारीरिक समस्याले पनि उच्च रक्तचाप निम्त्याउँछ।

उच्च रक्तचाप के कारणले भएको हो रु सोहीअनुसार यसको उपचार खोज्नुपर्छ। धेरैजसो अवस्थामा खराब जीवनशैली नै उच्च रक्तचापको कारण भएकाले जीवनशैली बदल्नु नै पहिलो शर्त हो । यसमा सुत्ने, उठ्ने नियमित तालिका, सन्तुलित खानपान, योग, ध्यान र तनावमुक्त जीवन अपनाउनुपर्छ ।

उच्च रक्तचापको अवस्था हेरेर चिकित्सकले जीवनशैली परिवर्तनसँगै औषधि सेवन गर्नुपर्ने सुझाव दिन सक्छन् । तर, औषधि सेवनबारे समाजमा केही भ्रम पनि छ। उच्च रक्तचापको औषधि सुरु गरेपछि जीवनभर सेवन गर्नुपर्ने जस्ता कुराले भ्रम पैदा गरेको छ । त्यसैले उच्च रक्तचाप भएर पनि कतिपयले औषधि सेवन गर्दैनन् । यसरी उच्च रक्तचाप नियन्त्रण गर्न नसक्दा त्यसले शरीरका अन्य अंगमा गम्भीर हानि पुर्‍याउन सक्छ ।

मिर्गौलामा क्षति

मिर्गौलाले हाम्रो रगतबाट दूषित पदार्थहरू अर्थात् टक्सिनलाई बाहिर निकालिन्छ । उच्च रक्तचापका कारण मिर्गौलामा दबाब बढ्छ र रक्तनली साँघुरो र मोटो हुन्छ । यसबाहेक मिर्गौलामा रगत छान्ने कोषहरूलाई पनि यसले प्रभावित बनाइदिन्छ ।

जसकारण मिर्गौलाले आफ्नो काम ठिकसँग गर्न सक्दैन र रगतमा दूषित पदार्थ जमिरहन्छ । जसले समस्या बढ्दै गएर मिर्गौला खराब हुने र अन्य रोग लाग्ने खतरा पनि बढ्छ ।

मुटुरोगको खतरा बढ्छ

उच्च रक्तचापको कारण सबैभन्दा धेरै खतरा हाम्रो मुटुलाई हुन्छ। जब मुटुलाई साँघुरो भइसकेको रक्तनलीका कारण पर्याप्त अक्सिजन मिल्दैन त्यसपछि टाउको दुख्न सुरु हुन्छ । मुटुले राम्रोसँग रगत पम्प गर्न सक्दैन ।

त्यस्तै रक्तनली धेरै साँघुरो भएर यदि रगतको बहाब नै रोकियो भने मानिसलाई हार्टअट्याक पनि हुनसक्छ ।

मस्तिस्कमा प्रभाव

कम उमेरको मानिसलाई उच्च रक्तचापको समस्या स्मरणशक्तिको हिसाबले पनि खतरनाक हुनसक्छ । उच्च रक्तचापको समस्या भएका मानिसको स्मरणशक्ति गुम्न पनि सक्छ जसलाई डिमेन्सिया भनिन्छ ।

उच्च रक्तचापको कारण समय बित्दै जाँदा रोगीको मस्तिस्कमा रगतको आपूर्ति कम हुन्छ र मानिसको सोच्ने सम्झिने शक्ति घट्दै जान्छ । उच्च रक्तचापको कारण हिप्पोकेम्पसमा रगतको सञ्चार ठिक प्रकारले नहुने भएकाले कैयौं स(साना स्ट्रोकको आशंका धेरै हुन्छ । यस कारणले उच्च रक्तचापका बिरामीहरूमा स्मरणशक्तिसँग जोडिएका समस्याहरूको खतरा धेरै हुन्छ ।

आँखा पनि प्रभावित हुन्छ

उच्च ब्लडप्रेसरको समस्याले मानिसको आँखालाई पनि प्रभावित बनाउँछ । उच्च रक्तचापका कारण मानिसको आँखाको ज्योति कम हुँदै जान्छ जसले उनीहरू धमिलो देख्न थाल्छन् । यसैले उच्च रक्तचापको समस्या भएका बिरामीलाई चिकित्सकले आँखाको नियमित जाँच गर्ने सल्लाह दिने गर्छन्।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *