Sajhamanch Archive

४४ वर्षको लडाईंमा जति अमेरिकी मारिए, कोरोनाले तीन महिनाभित्रै लियो ज्यान

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by .

एजेन्सी । कोरिया, भियतनाम, इराक र अफगानिस्तानको कूल ४४ वर्षको लडाईँमा जति अमेरिकीको ज्यान गयो लगभग त्यति नै संख्यामा तीन महिनाभित्र कोरोनाका कारण अमेरिकीको ज्यान गएको छ ।

राष्ट्रपति ट्रम्पले कोरोनाभाइरलाई चिनियाँ भाइरस पनि भन्छन् । कोरोना भाइरसले संसारकै सुपर पावर देशलाई सर्वाधिक प्रभावित पारेको छ ।

– अमेरिकापछि बेलायतमा सर्वाधिक मृत्यु भएको छ । तर बेलायतको कूल ३७ हजार मृत्युभन्दा अमेरिकाको मृत्युदर लगभग तीन गुणा बढी छ । वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा एक लाख २ हजार पार भएको छ । अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या अहिले पनि रोकिने छाँटकाँटमा छैन । राष्ट्रपति ट्रम्पले समय रहँदा नै स्थिती नसम्हालेका कारण अत्यधिक मृत्यु भइरहेको आरोप लगाइन्छ ।

– विश्व स्वास्थ्य संगठन अर्थात् डब्ल्यूएचओले एउटा फाउन्डेशन बनाएको छ जसले फन्डिङको नयाँ स्रोत खोज्नेछ । यसमा सर्वसाधारणको आर्थिक मद्दत पनि लिन सकिनेछ । डब्ल्यूएचओ फाउन्डेशन जेनेभामा रहनेछ तर यो मुख्य संगठनबाट स्वतन्त्र हुनेछ । सुरुवातमा कुनै पनि आर्थिक मद्दतलाई महामारीमा प्रयोग गरिनेछ र पछि अन्य स्वास्थ्य समस्यातर्फ ध्यान दिइनेछ ।

– डब्ल्यूएचओका प्रमुख टेड्रोल एडनहम ग्याब्रियासिसले भविष्यको सफलताका लागि दानकर्ताको दायरा बढाउन आवश्यक भएको बताएका छन् । डब्ल्यूएचओले फन्ड सदस्य देशबाट पाउँछ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले डब्ल्यूएचओको फन्डलाई बन्द गर्ने धम्की दिइरहेका छन् र यसपछि नै नयाँ फाउन्डेश सार्वजनिक भएको हो । ट्रम्प डब्ल्यूएचओसँग रिसाएका छन् । डब्ल्यूएचओले महामारीको सुरुवातमा नै यसलाई राम्रोसँग ह्यान्डल नगरेको ट्रम्पको आरोप छ ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *