Sajhamanch Archive

सेनाले ल्यायो चीनबाट थप २८ टन स्वास्थ्य सामग्री

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । नेपाली सेनाले चीनबाट थप स्वास्थ्य सामग्री ल्याएको छ ।

बुधबार चीनको ग्वान्झाउ पुगेको नेपाल एयरलाइन्सको वाइडवडी जहाजबाट नेपाली सेनाले २८ टन स्वास्थ्य सामग्री ल्याएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

ग्वान्झाउबाट उडेको विमान आज बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि सेनाले पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट पीपीई, पीसीआर किट लगायतका स्वास्थ्य सामग्री ल्याएको हो ।

यसअघि पहिलो चरणमा सेनाले झण्डै १९ टन स्वास्थ्य सामग्री ल्याएको थियो । स्थलमार्गबाट आउने पहिलो चरणको सामग्री आइसकेको र दोश्रो चरणको आउँदैछ । सेनाले गएको वैशाखमा तीन सय ४२ टन स्वास्थ्य सामग्री ल्याउने गरी दुई अर्ब २५ करोड रुपैयाँको सम्झौता गरेको थियो ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *