Sajhamanch Archive

कनकाईको क्वारेन्टाइनमा पनि सुरु भयो, योग र डान्स

Published: in समाज, स्थानीय तह by .

सुरुङ्गा । कनकाई नगरपालिकाका क्वारेन्टाइनमा रहेकाहरुलाई शारीरिक व्ययाम र मनोरञ्जनका लागि डान्स र योग अभ्यास गराउन सुरु गरिएको छ ।

कनकाई नगरको कनकाई बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिनमा डान्स तथा योग अभ्यास गुरु गरिएको छ ।

योग अभ्यासलाई नगरका सबै क्वारेन्टइनमा गराईने कनकाई नगरपालिकाले जनाएको छ । कनकाई बहुमुखीमा मात्रै ५६ जना क्वारेन्टिनमा रहेका छन ।

योग शिविरको यस क्षेत्रका अगुवा योग गुरु टिकाप्रसाद जमरकट्टेल र उहाँका छोरा प्रतापबाबुजमर कट्टेलले सहजीकरण गर्दै गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *