Sajhamanch Archive

रुकुम चौरजहारी घटना : थप एक जनाको शव भेटियो

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

काठमाडौं । रुकुम पश्चिमको चौरजहारीमा अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा भएको घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

चौरजहारी नगरपालिका वडा नं.८ सोती गाउँका स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेका भेरी नगरपालिका वडा नं.४ का १९ वर्षीय सञ्जु विकको शव बिहीबार फेला परेसँगै मृत्यु हुनेको संख्या पाँच पुगेको हो ।

जाजरकोटका डीएसपी किशोर श्रेष्ठका अनुसार सञ्जुको शव छेडागाड नगरपालिका वडा नंं.१३ स्थित कालाभीर नजिक भेरी नदीको किनारमा फेला परेका हो । भेरी नदी किनारमा तैरिरहेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीले खबर गरेका थिए ।

यसअघि बुधबार भेरी नगरपालिका–११ का अन्दाजी २० वर्षीय लोकेन्द्र सुनारको शव भेरी नदीमा तैरिरहेको अवस्थामा फेला परेको थियो । ६ जना मध्ये दुई जनाको शव शनिबार नै फेला परेको थियो भने एक जनाको शव सोमबार फेला परेको थियो । अझै एकै जना भने बेपत्ता छन् ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *