भद्रपुरमा पनि भेटिए कोरोना संक्रमित
Published:
by .भद्रपुर । झापाको भद्रपुरमा पनि एक जना कोरोना संक्रमित भेटिएका छन् । भद्रपुर नगरपालिका–५ स्थित शङ्कर टोल बस्ने ३७ वर्षीय पुरुषमा कोरोना भेटिएको हो । कलवलगुरी प्रशिक्षण केन्द्रको क्वारेनटाइनमा बसेका उनी जेठ ७ गते भारतको मुजफरपुरबाट नेपाल आएको भद्रपुर नगरपालिका स्रोतले जनाएको छ ।
भद्रपुर गलगलिया नाकाबाट लुकिछिपी प्रवेश गरेका उनलाई सोजै क्वारेनटाइनमा लगेर राखिएको थियो । कोसी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ती व्यक्तिमा कोरोना पुष्टि भएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए ।
योसँगै झापाका कोरोना संक्रमित हुनेको संख्या ८० पुगेको छ ।
Comments