Sajhamanch Archive

भद्रपुरमा पनि भेटिए कोरोना संक्रमित

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by .

भद्रपुर । झापाको भद्रपुरमा पनि एक जना कोरोना संक्रमित भेटिएका छन् । भद्रपुर नगरपालिका–५ स्थित शङ्कर टोल बस्ने ३७ वर्षीय पुरुषमा कोरोना भेटिएको हो । कलवलगुरी प्रशिक्षण केन्द्रको क्वारेनटाइनमा बसेका उनी जेठ ७ गते भारतको मुजफरपुरबाट नेपाल आएको भद्रपुर नगरपालिका स्रोतले जनाएको छ ।

भद्रपुर गलगलिया नाकाबाट लुकिछिपी प्रवेश गरेका उनलाई सोजै क्वारेनटाइनमा लगेर राखिएको थियो । कोसी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ती व्यक्तिमा कोरोना पुष्टि भएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए ।

योसँगै झापाका कोरोना संक्रमित हुनेको संख्या ८० पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *