Sajhamanch Archive

सातवटै वडासहित सशस्त्र क्याम्प र एफ.एमलाई दिइयो थर्मल गन

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

बुधबारे । विश्व व्यापी रुपमा फैलिएको कारोना भाइरस रोकथाममा सहयोग गर्ने उद्देश्यले जोइन्ट हेण्ड युथ सोसाइटी बुद्धशान्तिले बिहिबार ९ वटा थर्मलगन वितरण गरेको छ ।

बुद्धशान्तिमा रहेका ७ वटै वडा कार्यालय, सशस्त्र क्याम्प वेश क्याम्प टिमाई र बिर्तामोड स्थित आँगन एफएमलाई थर्मल गन वितरण गरिएको संस्थाका अध्यक्ष संजिल प्रसाईले बताएका छन् ।

संस्थाका पदाधिकारी र बुद्धशान्तिका युवा समाजसेवी मनेश दाहाल ,चन्द्रसुर्य युवा क्लब उपाध्यक्ष मेदनी घिमिरेको उपस्थितीमा वडाकार्यालयमानै गई थर्मल गन दिइएको बताइएको छ ।

सबै वडामा थर्मल गन दिइएकोमा ३ नम्बर वडा कार्यालयलाई दिइएको थर्मल गन भने वडाध्यक्ष कमल उप्रेतीले स्वास्थ्य चौकी बुधबारेलाई हस्तान्तरण गरेका थिए । वडामा भन्दा स्वास्थ्य चौकीमा थर्मल गनको बढि जरुरी भएकोले त्यहाँ हस्तान्तरण गरिएको वडाध्यक्ष उप्रेतीले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *