Sajhamanch Archive

नेपाल पशुपंक्षी औषधी व्यवसायी संघले दियो, दमक अस्पताललाई स्वास्थ्य सामाग्री

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

कमल । नेपाल पशुपंक्षी औषधी व्यवसायी संघद्वारा दमक अस्पताललाई स्वस्थ्य सामग्री प्रदान गरिएको छ ।

कोरोना भाईरस (कोभिड १९) विरुद्धको लडाईमा अग्रपङतीमा रहेर काम गर्ने दमक अस्पतालका स्वास्थ्य कर्मीलाई नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ मेची शाखा र १ नम्बर प्रदेश कार्य समितीकोतर्फ बाट स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

कार्यक्रमा संघका केन्द्रिय उपाध्यक्ष उमानाथ भण्डारी, मेची शाखा अध्यक्ष दिपेन्द्र निरौला र कोशी शाखाका अध्यक्ष ऋषिबच्चन यादवले संयुक्त रुपमा दमक अस्पताल व्यवस्थापन समितीका संयोजक तथा दमक नगरपालिकाका उपाध्यक्ष गीता अधिकारी र अस्पतालका डाक्टर भावेश भट्टराई प्रदान गरेका थिए ।

कोभिड १९ को लडाई सबै एकजुट भएर लाग्ने बेला आएको छ । यस्तो अवस्थामा व्यवसायी संघले प्रदानगरेको स्वास्थ्य सामाग्री अस्पतालमा कार्यरत स्वस्थ्यकमीलाई काम गर्न मनोवल बढ्ने दमक अस्पताल व्यवस्थापन समितीका संयोजक तथा दमक नगरपालिकाका उपाध्यक्ष गीता अधिकारीले बताइन् ।

उनले स्वास्थ्य सामाग्री आवश्यकता र प्राथमिकताको आधारमा कोभिड १९ संगको लडाईमा अग्रपंक्तिमा रहेका कामगर्ने स्वास्थ्य कर्मीले प्रयोग गर्नु पर्ने बताइन् ।

अग्रपंक्तिमा रहेर दिनरात नभनी काम गर्ने स्वास्थ्यकर्मीलाई थोरै भएपनि यस्ता सामग्रीले मनोवल बढ्ने र कोभिड १९को लडाईमा थप सशक्त भएन लाग्न प्रेरणा मिल्ने संघका केन्द्रिय द्वितीय उपाध्यक्ष उमानाथ भण्डारीले बताए ।

त्यसैगरी पशुपंक्षी औषधी व्यवषयीलाई सरकारले हेर्ने दृष्टिकोण परक भएकोले यसलाई मानिसको औषधी व्यवसायी सरह व्यवहार गर्न कोशी शाखा ऋषिबच्चन यादवले बताए ।

व्यवसायी संघले एन नाइन्टी फाएभ माक्स ६५० थान, लिक्युड हेण्ड वास १० लीटर र मेडिकल एक्जामिनेसन ग्लोव ३ हजार थान प्रदान गरिएको नेपाल पशुपंक्षि औषधी व्यवसायी संघ १ नम्बर प्रदेश कार्यसमितीका सचिव अशोक सुवेदीले जानकारी जानकारी दिए ।
संघका मेची अध्यक्ष दिपेन्द्र निरौलाको अध्यक्षतामा भएको कार्यक्रमलाई सचिव विश्वबन्धु बुढाथोकीले सहजीकरण गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *