Sajhamanch Archive

मदिराको ट्रकसहित जनकपुरबाट एक पक्राउ

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, विविधा, समाज by .

 जनकपुरधाम । जनकपुरबाट ठूलो परिमाणमा मदिरा सहित प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

लकडाउनमा सरकारले मदिरा जन्य पदार्थको ओसार पसार तथा विक्री बितरणमा प्रतिबन्ध लगाएको अवस्थामा १२ लाख बढी मूल्य बराबरको मदिरा सहित प्रहरीले मदिरा मगाउने जनकपुरधाम उपमहानगरपालिका—४ बस्ने ३६ वर्षीय उमेश मण्डलाई पक्राउ गरेको हो।

ना२ ख ८२७९ नम्बरको ट्रकमा अबैध रुपमा मदिरा लोड गरी गोदाममा राख्दै गरेको अवस्थामा वडा नं. ७ स्थित माछा बजार नजिकबाट मदिरा लोड लोड गरिएको ट्रक सहित मण्डललाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

उनका अनुसार उक्त ट्रकबाट करिब ११ लाख ५० हजार मूल्य बराबरको दिलबाला, ३० हजार मूल्य बराबरको हाईलाईण्डर, ३२ हजार मूल्य बराबरको गोल्डेण सहारा र १० हजार मूल्य बराबरको व्लु रागर मदिरा नियन्त्रणमा लिई कार्वाहीकालागि जिल्ला प्रशासन कार्यालयको जिम्मा लगाइएको छ ।

नागरिक दैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *