Sajhamanch Archive

कोरोनाबाट नेपालमा छैठौं व्यक्तिको मृत्यु , आज हालसम्मै बढी १७० जनालाई कोरोना

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट छैठौं व्यक्तिको ज्यान गएको छ । नेपालमा कोरोना भाइरस संक्रमण देखिएका थप एक जनाको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अर्घाखाँचीका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

भारतबाट नेपाल आउने क्रममा ती व्यक्तको मृत्यु भएको हो । नेपाल प्रवेश भएसँगै जेठ ११ गते ती व्यक्तको नमुना लिइएको थियो । स्वाब परीक्षणका क्रममा उनमा कोरोना पोजेटिभ देखिएको डा. देवकोटाले जानकारी दिए ।

योसहित नेपालमा कोरोना भइरसको संक्रमण देखिएकाको मृत्युको संख्या ६ पुगेको छ । नेपालमा अहिलेसम्मकै बढी कोरोना संक्रमित देखिएका छन् ।

पछिल्लो २६ घण्टामा नेपालमा १७० थप जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै यो संख्या अहिलेसम्मकै बढी रहेको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप १७० जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताए । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *